आत्मदाह प्रयास गरेकी निहारिका अस्पताल भर्ना

नेपालभ्युज

आत्मदाह प्रयास गरेकी निहारिका अस्पताल भर्ना

काठमाडौँ  ।  राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी महोत्तरीकी निहारिका राजपुतकालाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ ।

आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले शुक्रबार दिउँसो राष्ट्रपति भवन अगाडिको मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् । उनले शरीरमा पेट्रोल छर्केको देखेपछि तत्कालै प्रहरीको टोलीले नियन्त्रणमा लिएका कारण उनको ज्यान बचेको थियो ।

नियन्त्रणमा लिएपछि प्रहरी वृत्त महाराजगञ्जबाट स्वास्थ्य जाँचका लागि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्य जाँचपछि निहारिकालाई अस्पताल भर्ना गरिएको महाराजगञ्ज वृत्तकाडीएसपी  अंगुर जिसीले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved