‘देश गरी खानेलाई होइन लुटी खानेलाई मात्र सहज रहेछ’ भन्दै आफैँलाई जलाए प्रेमले

इलामका प्रेम आचार्यले निकै लामो फेसबुक स्ट्याटस लेख्दै शरीरमा आगो लगाए । आफूले किन आत्मदाह गर्नुपर्‍याे भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

नेपालभ्युज

‘देश गरी खानेलाई होइन लुटी खानेलाई मात्र सहज रहेछ’ भन्दै आफैँलाई जलाए प्रेमले

काठमाडौं। इलामका प्रेम आचार्यले निकै लामो फेसबुक स्ट्याटस लेख्दै शरीरमा आगो लगाएका छन्।

आफूले किन आत्मदाह गर्नुपर्‍याे भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा पोस्ट गरेर उनले संसद् भवन अगाडि गएर शरीरमा आगो झोसेका थिए ।

आत्मदाहको उनको प्रयास आफ्नो असफलताको कथाका रूपमा चित्रण गरेका छन्।

उनले लेखेका छन्, ‘‘मेरी नानुका, तिमिले सहयोग पाउने छौँ विचलित नहुनु। मलाइ माफ गरिदेऊ। मैले प्रगति गर्ने धेरै अस्त्र लाउँदा पनि सकिन। छोरीहरूको अभिभारा तिम्रो काँधमा छ। बुझ्ने भएपछि उनीहरूलाई सम्झाउनु, तिमिहरूको पापुले यो देशमा सफलता हासिल गर्न सक्नुभएन। जताततै हन्डर र ठक्कर खानुभयो। जताततै लुटिनुभयो। यो देश गरी खानेलाई होइन लुटी खानेलाई मात्र सहज रहेछ। तिमिहरूले पनि त्यै अवस्था भोग्नुनपरोस भनेर क्रान्ति मा होमिनुभयो, आफ्नो भोगाइ र पीडा सरकारले सुन्ने गरी आफ्नो ज्यान आहुती दिनुभयो। यही भन्देऊ।’’

उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा अहिले उनको शरीरको अगाडि पट्टिको जलेको भागमा पानीलगाएर सफाइ भइरहेको अस्पतालले जनाएको छ। गम्भीर अवस्थाका आचार्यको उपचार जारी रहेको अस्पतालले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved