आजदेखि सुपरमादीको आईपीओ सर्वसाधारणका लागि खुला

नेपालभ्युज

आजदेखि सुपरमादीको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं। सुपरमादी हाइड्रोपावरले आज सोमबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको हो ।

आयोजनाले आफ्नो जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने छ । यसमध्ये, १० लाख ५० हजार कित्ता आईपीओ स्थानीयलाई बिक्री गरिसकेको छ ।

यस्तै, २ लाख १० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएकाहरूलाई बिक्री गरिसकेको छ । यसका साथै, कम्पनीले १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई र ४२ हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डमा कम्पनीले पेस गरेको विवरण पत्रअनुसार आयोजनाको प्रतिसेयर नेटवर्थ १०६.२६ रुपैयाँ छ । यस्तै, प्रतिसेयर आम्दानी ६.२८ रुपैयाँ छ भने हाल कम्पनीको सञ्चित मुनाफा ३१ करोड १५ लाख १० हजार रुपैयाँ छ ।

कम्पनीले कास्कीको मादी गाउँपालिकामा ४४ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved