उपसभामुखको निर्वाचन माघ ७ गते हुने

नेपालभ्युज

उपसभामुखको निर्वाचन माघ ७ गते हुने

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार हुने भएको छ । सभा सञ्चालन गरिरहेका जेष्ठ सांसद पशुपति शमशेर जबराले बिहीबारको प्रतिनिधिसभा बैठकमा निर्वाचनको मिति घोषणा गरेका हुन् ।

जबराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न निर्देशन पनि दिए । उपसभामुख सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको बताइएको छ ।

बिहीबारको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved