सेयर बजारमा ४१.०४ अंकको गिरावट

नेपालभ्युज

काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजारमा ४१.०४ अंकको गिरावट आएको छ । बिहीबार तीव्र उतारचढावबीच नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा आएर बन्द भएको छ ।

बिहीबार दोस्रो बजारमा २५२ कम्पनीको सेयर कारोबारमा आउँदा १८४ कम्पनीको सेयर मूल्य घट्यो भने २१ कम्पनीको मूल्य बढेको र एक कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

बिहीबार एक करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार पुगेको छ ।

दोस्रो बजारमा कारोबारमा आएका १३ उपसमूहमध्ये आज व्यापार उपसमूहबाहेक सबै उपसमूहमा राताम्मे छन् । फाइनाइन्स र लगानी उपसमूह सबैभन्दा धेरै ३ प्रतिशतसम्मले ओरालो लागेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved