प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज शपथ लिएर कार्यभार सम्हाल्दै

नेपालभ्युज

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज शपथ लिएर कार्यभार सम्हाल्दै

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्कीले सोमबारदेखि औपचारिक रुपमा पद सम्हाल्दैछन् ।

आज दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि उनले कार्यभार सम्हाल्नेछन् । दिउँसो २ बजेका लागि शपथ ग्रहण कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दलका सांसद समेटेर सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने बताइएको छ ।

कार्की हिजो मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई ९३ सदस्यीय प्रदेशसभामा ६० जना सांसदको समर्थन छ । नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसद सत्ता पक्षमा उभिएका छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved