नेपाल टि-२० लिग क्रिकेट

काठमाडौंलाई फिक्सिङको प्रस्ताव आएको कप्तान मल्लको खुलासा

नेपालभ्युज

काठमाडौंलाई फिक्सिङको प्रस्ताव आएको कप्तान मल्लको खुलासा

काठमाडौं । नेपाल टी–२० लिग खेलिरहेको काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका छन् ।

मंगलबार बिराटनगर सुपर किङ्ससँगको खेलपछि पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले एकजना खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलाएका हुन् ।

मल्लले अरु टोलीको कुरा थाहा नभएको तर काठमाडौंको एकजना प्लेयरलाई प्रस्ताव आएको बताए । नियमअनुसार टोलीले सो बारे एन्टी करप्सन युनिटलाई जानकारी गराएको पनि उनले बताएका छन् ।

मल्लले प्रस्ताव र फिक्सिङ फरक कुरा भएको बताए । प्रस्ताव आयो भन्दैमा फिक्सिङ नै हुने भन्ने नभएको मल्ले बताए । मल्लले असर पर्ने भन्दै खेलाडीको नाम खुलाउन चाहेनन् ।

यसअघि नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको दाबीसहित कमेन्टेटर सचिन तिमल्सेनाले लिग छाडेको घोषणा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved