एकीकृत समाजवादीले बोलायो पदाधिकारी बैठक

नेपालभ्युज

एकीकृत समाजवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । गठबन्धनको नेतृत्वमा सरकार निर्माणमा अन्योलता देखिएपछि मुलुकमा विकास भएको नयाँ राजनीतिक अवस्थाकाबारे छलफल गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठक बोलाएका हुन् ।

बैठकमा सत्तागठबन्धनमा अहिलेसम्म भएका प्रयासका साथै नयाँ स्थितिमा सरकार निर्माण भएमा पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल हुने महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालयमा अहिले बस्ने बैठकले कसको नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्ने वा प्रतिपक्षमा बस्ने लगायत महत्वपूर्ण निर्णय लिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved