सांसदहरूको शपथ अघि जबराको अध्यक्षतामा सर्वदलीय बैठक आह्वान

नेपालभ्युज

सांसदहरूको शपथ अघि जबराको अध्यक्षतामा सर्वदलीय बैठक आह्वान
फाइल फोटो

काठमाडौं। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बस्ने गरी सर्वदलीय बैठक आह्वान भएको छ ।

बिहीबार दिउँसो एक बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ छ । त्यसभन्दा अगावै १२ बजे बस्ने गरी संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएको हो ।

सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल (१२ दल) का नेताहरूलाई बोलाइएको संसद सचिवालयका एक अधिकारीले जानकारी दिए । प्रत्येक दलबाट एक/एक जना र ५ स्वतन्त्र सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको छ ।

बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ र सांसदले पाउने सेवा सुविधालगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारी सांसदहरूलाई जानकारी दिनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved