विश्वकप सेमिफाइनल: २०१४ र २०१८ को फाइनलमा हारेका टोलीबीच भिडन्त

विश्वकपमा आज सेमिफाइनलको पहिलो खेल हुँदैछ। लुसेल स्टेडियममा हुने खेलमा अर्जेन्टिना र क्रोएसियाबीच भिडन्त हुँदैछ। खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछ। विजेता टोलीले फाइनलमा उपाधिका लागि फ्रान्स र मोरक्कोमध्ये एकसँग भिड्नेछ।

नेपालभ्युज

विश्वकप सेमिफाइनल: २०१४ र २०१८ को फाइनलमा हारेका टोलीबीच भिडन्त

काठमाडौं। विश्वकपमा आज सेमिफाइनलको पहिलो खेल हुँदैछ। लुसेल स्टेडियममा हुने खेलमा अर्जेन्टिना र क्रोएसियाबीच भिडन्त हुँदैछ। खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछ। विजेता टोलीले फाइनलमा उपाधिका लागि फ्रान्स र मोरक्कोमध्ये एकसँग भिड्नेछ।

यस्तै दुवै टोली टाइब्रेकरमा जित हात पार्दै सेमिफाइनलमा पुगेकाले यो भिडन्त दुवै टोलीका गोलरक्षकबीचको पनि हो। क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिच र अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेज दुवैको लागि यो प्रतियोगिता सुखद् नै छ।

यी दुई टोली सन् २०१८ को विश्वकपमा समूह चरणमा भिडेका थिए। त्यसबेला अर्जेन्टिना ३–० गोलअन्तरले हारेको थियो।
यता मेस्सी र मोड्रिच कुनै बेला बार्सिलोना र रियल मड्रिडमा प्रतिद्वन्द्वी पनि हुन्। र, यो विश्वकप उपाधि जित्ने दुवै खेलाडीका लागि अन्तिम अवसर हो।

यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा पुगेर मेस्सीको अर्जेन्टिना उपाधि जित्नबाट वञ्चित भएको थिया। २०१८ को विश्वकपमा मोड्रिचको टोली क्रोएसिया फ्रान्ससँग फाइनलमा हारेको थियो। त्यसैले पनि आजको खेल रोचक हुने धेरैको अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved