लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिमले जित्यो यू–१९ क्रिकेटको उपाधि

नेपालभ्युज

लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिमले जित्यो यू–१९ क्रिकेटको उपाधि

काठमाडौं। सुदूरपश्चिमले यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो।

९३ रनको लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। सुदूरपश्चिमको लागि गजेन्द्र बोहोराले अविजित ३९ र दीपक बोहोराले २५ रन बनाए।

लुम्बिनीको लागि रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिषेक गुरुङले १–१ विकेट लिए। पहिले ब्याटिङ गरेको लुम्बिनीले २९.१ ओभरमा अलआउट हुँदै ९२ रन मात्रै बनायो। आकाश त्रिपाठीले ३८ र नर सार्कीले ११ रन जोडे।

सुदूरपश्चिमका मिलन बोहोराले ५ विकेट लिए । यस्तै नरेन साउद र हेमन्त धामीले २-२ तथा आकाश चन्दले १ विकेट लिए।

प्रतियोगिताको विजेता सुदूरपश्चिमले २ लाख र उपविजेता लुम्बिनीले १ लाख रुपैँया प्राप्त गरेको छ।

गत वर्षको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ११३ रनले हराएको थियो। प्रतियोगितामा सुदूरपश्चिम, लुम्बिनी, प्रदेश–१, मधेस, बागमती र गण्डकी प्रदेशले सहभागिता जनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved