बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई फराकिलो अग्रता

प्रदेशसभा (१) मा कांग्रेस पदम बहादुर शाही जित नजिक

नेपालभ्युज

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई फराकिलो अग्रता

काठमाडौं। बाजुराको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

पाण्डेले २५ हजार ९१० मत पाउँदा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २२ हजार ५६६ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जंगकुमार गिरीले १६५ मत पाएका छन्।

यस्तै प्रदेशसभा (१) तर्फ नेपाली काग्रेस पदम बहादुर शाहीले दुई हजार ८९५ मतले अग्रता लिएका छन्। शाहीले १९ हजार ३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका एमाले लाल बहादुर थापाले १६ हजार १४५ मत पाएका छन्।

यस्तै राप्रपाका हिमाल बहादुर शाहीले १०८ र स्वतन्त्र जनक बहादुर रावलले  ९२ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved