यू–१९ क्रिकेट : बागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नेपालभ्युज

यू–१९ क्रिकेट : बागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । यू–१९ क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सुदूरपश्चिमले बागमतीलाई ७ विकेटले पराजित गरेको हो।

१२५ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो। उसको लागि अनुराग सिंहले अविजित ३९ रन र मिलन बोहोराले ३३ रन बनाए। बागमतीको लागि रोशन विकले २ र प्रतिक श्रेष्ठले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको बागमती २८.४ ओभरमा अलआउट हुँदा १२४ रन बनायो। सुदूरपश्चिमको लागि आकाश चन्दले ४, हेमन्त धामीले ३, नरेन साउदले २ र युवराज खत्रीले १ विकेट लिए। आकाशले २८ ओभरमा ह्याट्रिक पुरा गरे। यो प्रतियोगिताको नै पहिलो ह्याट्रिक हो।

लगातार ६ खेलमा जित निकाल्दै सुदूरपश्चिम फाइनल पुगेको हो। पराजित भएको बागमतीको फाइनल पुग्ने सम्भावना न्यून छ। शनिबार हुने खेलमा लुम्बिनी मधेशसँग पराजित गरे बागमती फाइनलमा पुग्ने छ। लुम्बिनी ८ अङ्कसहित दोस्रो स्थानमा छ भने २ अङ्क भएको मधेश पुछारमा छ।

१२ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा छ। ८ अङ्क भएको बागमती भने तेस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved