महानगरपालिकाविरुद्ध आन्दोलित हुँदै बागबजारका व्यवसायी

नेपालभ्युज

महानगरपालिकाविरुद्ध आन्दोलित हुँदै बागबजारका व्यवसायी

काठमाडौं । काठमाडौंको बागबजारस्थित सडकमा पार्किङ गरिएका सवारी साधन काठमाडौं महानरपालिकाले हटाउन थालेको भन्दै स्थानीय व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको बागबजारमा सडकमा नै सवारी साधनहरु पार्किङ गर्ने गरिएको छ ।

काठमाडौं महानगरपालिकाले विगत केही दिनदेखि सडकमा पार्किङ गरिएका सवारी साधनहरु हटाउन थालेपछि आफुहरुलाई असहज भएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । बिहीवार व्यवसायीहरुले आ–आफ्नो व्यवसाय बन्द गरेर महानगरको कदमप्रति बिरोध जनाएका छन् । महानगरले बागबजारको सडकमा कालोपत्रे गरेको थियो । कालोपत्रे गरिसकेपछि सडकमा सवारी साधन पार्किङ गर्न महानगरले रोकेको हो ।

व्यवस्थित पार्किङको अभावमा सडकमै पार्किङ गर्ने गरिएको भन्दै व्यवसायीहरुले आफूहरुलाई जबरजस्ती गर्नुभन्दा विकल्प दिनुपर्ने बताए । लाखौँ रकम व्यवसायमा लगाएर जिविकोपार्जन गरिरहेको भन्दै महानगरको यस प्रकारको कदमले दैनिक जीवनयापन र व्यापार व्यवसायमा असर परेको व्यवसायीको गुनासो छ ।

आफूहरुले महानगरपालिकासँग विकल्पको माग गर्दै व्यवसायसमेत बन्द गरेर आन्दोलिन हुनुपरेको व्यवसायी राज कार्कीले बताए । उनले परिवर्तनको नाममा जनतालाई दुःख नदिन महानगरपालिकाका प्रमुखलाई आग्रह गरे ।
व्यवसायी कार्कीले महानगरले आफूहरुको आवाज नसुनेको भन्दै आन्दोलन जारी रहने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved