सुकुमवासी बस्तीबाट महानगर ब्याक, प्रक्रिया पूरा गरेर मात्र डोजर लैजाने

‘‘हामीले भत्काउनकै लागि गएका थिएनौँ, भत्काउँदैछौँ बरु आफै हटाउनुस् भनेर भन्ने सन्देश दिन मात्र गएका थियौँ,’’ मेयर बालेनको भनाइ उद्धृत गर्दै एक वडाध्यक्षले बताए। वडाध्यक्षले डोजर लगेर गएको विषयमा प्रश्न गर्दा मेयर बालेनले अन्य प्रयोजनका लागि डोजर लगेको बताएका थिए।

नेपालभ्युज

सुकुमवासी बस्तीबाट महानगर ब्याक, प्रक्रिया पूरा गरेर मात्र डोजर लैजाने

काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रक्रिया पुरा गरेर मात्र सुकुम्वासी बस्ती हटाउने निर्णय गरेको छ। बुधबार बसेको बैठकमा वडाध्यक्षहरूले मेयरलाई प्रक्रियागत कुरामा प्रश्न उठाएपछि वडाध्यक्षहरूको समन्वयपछि मात्रै हटाउने अभियान थाल्ने निर्णय भएको हो।

बैठकमा महानगरका वडाध्यक्षहरूको वडातहको समन्वयविनै डोजर लगेर गएको विषयमा मेयर बालेन्द्र शाहलाई प्रश्न उठाएका थिए। निर्वाचनपछि नयाँ सरकार नबनेको अवस्थामा समन्वयविनै डोजर लगेर जान नहुने भन्दै अधिकांश वडाध्यक्षले असहमति जनाएका थिए।

बैठकमा वडाध्यक्षहरूलाई जवाफ दिँदै मेयर बालेन्द्र शाहले डोजर लगेर भत्काउन नभई घोषणा गर्न मात्रै गएको बताएका थिए।

‘‘हामीले भत्काउनकै लागि गएका थिएनौँ, भत्काउँदैछौँ बरु आफै हटाउनुस् भनेर भन्ने सन्देश दिन मात्र गएका थियौँ,’’ मेयर बालेनको भनाइ उद्धृत गर्दै एक वडाध्यक्षले बताए। वडाध्यक्षले डोजर लगेर गएको विषयमा प्रश्न गर्दा मेयर बालेनले अन्य प्रयोजनका लागि डोजर लगेको बताएका थिए।

‘गरिबको चमेली बोल्दिने कोही छैन’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved