कपिलवस्तुमा एमालेको दोस्रो जित, मंगलप्रसाद गुप्‍ता विजयी

नेपालभ्युज

कपिलवस्तुमा एमालेको दोस्रो जित, मंगलप्रसाद गुप्‍ता विजयी

काठमाडौं । कपिलवस्तु-३ मा एमालेका मंगलप्रसाद गुप्‍ता विजयी भएका छन् ।

आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई साढे तीन हजारभन्दा बढीको मतान्तरले हराउँदै गुप्ता विजयी भएका हुन् ।

गुप्ताले २२ हजार ६ सय १९ मत पाउँदा शाहले १८ हजार ९ सय ८२ मत मात्र पाए  । उनीहरूबीच ३ हजार ६ सय ३७  मतान्तर छ ।

यसअघि क्षेत्र नम्बर १ मा बलराम अधिकारी विजयी भइसकेका छन्। तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा एमालेको यो दोस्रो जित हो।

कपिलवस्तु-२ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले अग्रता लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved