कैलाली ५ (२) मा कांग्रेसका प्रकाश देउवा विजयी

नेपालभ्युज

कैलाली ५ (२) मा कांग्रेसका प्रकाश देउवा विजयी

काठमाडौं। कैलाली क्षेत्र नं.५ (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन्। एमालेका दुर्गाप्रसाद जोशीलाई तीन हजार २७६ मत अन्तरले हराउँदै देउवा प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।

उनले ९ हजार ५९१ मत ल्याउँदा जोशीले ६ हजार ३५१ मत पाए। नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत प्राप्त गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले तीन हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले तीन हजार १८२ मत प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved