मुख्यमन्त्री लालबाबु राउत पर्सा-१ (ख) मा विजयी

नेपालभ्युज

मुख्यमन्त्री लालबाबु राउत पर्सा-१ (ख) मा विजयी

काठमाडौं।  मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा क्षेत्र नम्बर १ ‘ख’ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउतले सात हजार पाँच सय ४५ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले ६ हजार २ सय १२ मत पाएका छन् ।

०७४ को निर्वाचनमा राउत यही क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) को उम्मेदवार बनेर ९ हजार ८ सय ४ मतका साथ विजयी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved