पर्सा अपडेट : प्रदेश सभामा कांग्रेसका पटेल निर्वाचित

नेपालभ्युज

पर्सा अपडेट : प्रदेश सभामा कांग्रेसका पटेल निर्वाचित

वीरगञ्ज। पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ । पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् ।

जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भए ।

पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश यादवले १२ हजार १२७ मत ल्याएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved