ललितपुर-१ को मतगणना अन्तिम चरणमा, राणाको झिनो अग्रता

नेपालभ्युज

ललितपुर-१ को मतगणना अन्तिम चरणमा, राणाको झिनो अग्रता

ललितपुर। ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मत गणना अन्तिम चरणमा पुगेको छ । प्राप्त पछिल्लो मत गणना अनुसार यो क्षेत्रमा कांग्रेसका उदय शमशेर राणाले ९ हजार ७९७ मतसहित झिनो अग्रता लिएका छन् ।

एमालेका उम्मेदवार नवराज सिलवाल ९ हजार ६२० मतसहित पछ्याइरहेका छन् । राणा र सिलवालको मतान्तर जम्मा १७७ मात्र छ ।

घन्टी निर्वाचन चिह्नका सचिन घिमिरेले १३८६ मतसहित तेस्रो स्थानमा छन् ।  यहाँ २२ हजार ६४० मत खसेको थियो । यसअघि २०७४ को निर्वाचनमा यो क्षेत्रबाट सिलवाल निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved