कैलालीका दुई क्षेत्रमा रेशम चौधरीको पार्टी अगाडि

नेपालभ्युज

कैलालीका दुई क्षेत्रमा रेशम चौधरीको पार्टी अगाडि

धनगढी । कैलाली क्षेत्र नम्बर १ र ३ मा नागरिक उन्मुक्ति पार्टीले सुरूवाती अग्रता लिएको छ। क्षेत्र नम्बर १ मा १ हजार ५०२ मत गणना हुँदा नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठले ६९१ मतसहित अग्रता कायम गरेकी छन् । उनी पार्टीका संस्थापक रेशम चौधरीकी श्रीमती हुन् ।

उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले ४११ मतसहित पछ्याइरहेका छन् । यहाँ एमालेका तपेन्द्र रावलले १८३ र राप्रपाका लोकेन्द्र कुँवरले ८९ मत ल्याएका छन् ।

कैलाली क्षेत्र नम्बर ३ मा पनि नागरिक नागरिक उन्मुक्ति पार्टीका गगांराम चौधरीले अग्रता लिएका छन् । १ हजार ९१० मत गन्दा उनले ६०० मत पाएका छन् । माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ४५० मतसहित उनलाई पछ्याइरहेका छन् ।

यहाँ राप्रपाका उम्मेदवारले ४५० र एमालेले २५० मत ल्याएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved