सप्तरी २ : उपेन्द्र यादवभन्दा सीके राउत दोब्बर मतले अगाडि

नेपालभ्युज

सप्तरी २ : उपेन्द्र यादवभन्दा सीके राउत दोब्बर मतले अगाडि

काठमाडौं । सप्तरी २ मा जनमत पार्टीले अग्रता कायम राखेको छ । पार्टीका अध्यक्ष डा. सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मत बटुलेका छन् ।

त्यहाँ अहिलेसम्म गणना गरिएको मतमा राउतले १,०२० मत ल्याउँदा एमालेसँग तालमेल गरेका यादवले ४५२ मात्रै मत पाएका छन्।

त्यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुर छन् । उनले ३०८ मत पाएका छन् ।

सप्तरी २ जनमत पार्टीका अध्यक्ष राउतको गृहनगरसमेत हो । यसअघि स्थानीय तह चुनावमा जनमत पार्टीले सप्तरीका २ वटा स्थानीय तहमा जित हात पारेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved