गुल्मीको अर्बेनीमा मंगलबार पुनः मतदान हुने

नेपालभ्युज

गुल्मीको अर्बेनीमा मंगलबार पुनः मतदान हुने

गुल्मी। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गगत गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलबार पुनः मतदान हुने भएको छ ।

जिल्लाको क्षेत्र नम्बर–१ को कालीगण्डकी गाउँपालिका वडानम्ब-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंसिर ६ गते मंगलवार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए ।

आइतबार मतदान चलिरहेको अवस्थामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved