७० प्रतिशत मात्रै मत खस्ने निर्वाचन पर्यवेक्षकहरूको अनुमान

नेपालभ्युज

७० प्रतिशत मात्रै मत खस्ने निर्वाचन पर्यवेक्षकहरूको अनुमान

काठमाडौं। निर्वाचन पर्यवेक्षकहरूले यस पटकको निर्वाचनमा मतदाताहरू उत्साहित नदेखिएको बताएका छन्।

आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रूपमा मतदाताहरूको उपस्थिति नपाएको बताएका हुन्।

उनीहरूले विगतका निर्वाचनको तुलनामा यसपटक कमै मात्रामा मतदाताहरू भोट हाल्न पुगेको पाएको बताए।

आइतबार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जीओक) ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रूपमा अघि बढे पनि मतदाताहरूको उपस्थिति कम पाएको बताए। उनले उपस्थित मतादाताहरूमा मतदान उत्साहजनक रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved