१२:४५ बजेसम्म ३२ प्रतिशत मतदान भयो : निर्वाचन आयोग

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार १२:४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको हो ।

नेपालभ्युज

१२:४५ बजेसम्म ३२ प्रतिशत मतदान भयो : निर्वाचन आयोग

काठमाडौं । १५:४५ बजेसम्ममा ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार १२:४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको हो । आइतबार दिउँसो कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने, ‘अहिलेसम्म ३२ प्रतिशत मतदान भएको छ ।’

स्थगित भएको केन्द्रहरूमा पनि पुन:मतदान सुरू भएको उनले बताएका छन् । केही छिटफुटबाहेक प्राय: केन्द्रहरूमा उत्सापूर्वक मतदान भइरहेको उल्लेख गर्दै उनले भने, ‘सुर्खेत, पाल्पा, झापा, कास्की, पर्वतलगायतका जिल्लामा रोकिएको थियो । तर, अहिले सुचारु भइसकेको छ ।’

केही स्थानहरूमा आजैबाट मतगणना सुरू हुने पनि उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved