तपाइँको मतदाता परिचयपत्र हरायो या छुट्यो ?  यी कागजात देखाएर मतदान गर्न पाइन्छ

नेपालभ्युज

तपाइँको मतदाता परिचयपत्र हरायो या छुट्यो ?  यी कागजात देखाएर मतदान गर्न पाइन्छ

काठमाडौं। तपाईंसँग मतदाता परिचयपत्र छैन ? हराएको छ वा कतै छुटाउनुभएको छ ? भोट कसरी हाल्ने भन्ने चिन्तामा हुनुहुन्छ ? यदि त्यसो हो भने चिन्ता नलिनुस् । निर्वाचन आयोगले आफ्नो फोटो भएको सरकारी परिचयपत्र देखाएर पनि भोट हाल्न सकिने जनाएको छ । तर त्यसको लागि मतदाता नामावलीमा आफ्नो नाम भने दर्ता भएको हुनुपर्छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताएका छन् । तर यी कागजातको फोटोकपी मान्य नहुने र सक्कल प्रमाणपत्र नै चाहिने आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved