निर्वाचन बहिष्कारको माग गर्दै आयोगको कार्यालय अगाडि नाराबाजी गर्ने ६ जना पक्राउ

नेपालभ्युज

निर्वाचन बहिष्कारको माग गर्दै आयोगको कार्यालय अगाडि नाराबाजी गर्ने ६ जना पक्राउ

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट नेता कार्यकर्ताहरूले निर्वाचन बहिस्कारको माग गर्दै निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका ६ जना पक्राउ परेका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । १५, २० जनाको समूहले निर्वाचन बहिष्कार गरौँ भन्दै नाराबाजी गरेका थिए ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार सो क्रममा ६ जनालाई पक्राउ गरि प्रहरी परिसर कार्यालय दरबारमार्गमा राखिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टीलयागतले आम निर्वाचन बहिस्कार गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved