राहुलको यात्रामा नेपालको राष्ट्रगान बजेपछि भारतीय दैनिकले लेख्यो यस्तो सम्पादकीय

राहुल गान्धी जे गर्न खोज्छन, त्यसको केही उल्टो हुन पुग्दछ । यो समयको फेरो हो वा भाग्यको खेल त्यो त भन्न सकिन्न, तर यस्तै भइरहेको छ ।

नेपालभ्युज

राहुलको यात्रामा नेपालको राष्ट्रगान बजेपछि भारतीय दैनिकले लेख्यो यस्तो सम्पादकीय

नेपाल भ्युज । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको ‘भारत जोडो’ यात्राका क्रममा झुक्किएर नेपालको राष्ट्रगान ‘सयौं थुंगा फूलका हामी’ बजेपछि भारतभरि हंगामा भएको छ ।

सत्तारुढ भाजपाका नेताहरुले गान्धीमाथि व्यङ्ग गरेका छन् भने सर्वसाधारणले राहुल टिमको लापरवाही भनेर आलोचना गरेका छन्।
‘भारत जोडो’ यात्राका क्रममा राहुल बुधबार महाराष्ट्रको बाशिम पुगेका थिए ।

७ सेप्टेम्बरमा सुरु भएको ‘भारत जोडो’ यात्रा ७ नोभेम्बरदेखि महाराष्ट्र प्रवेश गरेको थियो । महाराष्ट्रको वाशिम कार्यक्रममा भारतको राष्ट्रगान बजाउँन खोज्दा नेपालको राष्ट्रगान बजेपछि राहुल आफै आश्चर्यचकित भएका थिए ।

घटनालाई लिएर भाष्कर दैनिकले सम्पादकीय नै लेखेको छ। पत्रिकाले नेपालको राष्ट्रगान बजेको घटनासँग जोड्दै कांग्रेसको राजस्थान लगायतका राज्यको राजनीतिक संकटबारे पनि चर्चा गरेको छ । सम्पादकीय टिप्पणी यस्तो छ :

राहुल गान्धी जे गर्न खोज्छन, त्यसको केही उल्टो हुन पुग्दछ । यो समयको फेरो हो वा भाग्यको खेल त्यो त भन्न सकिन्न, तर यस्तै भइरहेको छ । बुधबारकै घटनालाई लिउँ–उनी भारत जोडो यात्राको क्रममा महाराष्ट्रको बाशिममा थिए ।

मञ्चमा भाषण गर्नु भन्दा पहिले उनले घोषणा गरे–अब राष्ट्रगीत बज्छ तर भयो उल्टो । नेपालको राष्ट्रगान पो बज्न थाल्यो । भलै कि उनी आफैले त्यसलाई तुरुन्तै रोक्न लगाए ।

अब प्रश्न उठ्छ– उनकै साथ यस्तो किन हुन्छ ? के उनका पार्टीका नेता, कार्यकर्ता नै उनलाई गम्भीरतापूर्वक लिँदैनन् ? कि उनी आफै साबधानी अपनाउँदैनन् ? केही गर्नु भन्दा अघि त्यसलाई ठीकठाक गर्न जान्दैनन ?

भाजपाको सामाजिक मिडिया टिम त उनको पछि लागिरहेकै हुन्छ । उनीबाट थोरै गल्ती भयो कि भाइरल भइहाल्छ । जस्तो कि नेपालको राष्ट्रगान बजेको यो भिडियो अहिले भाइरल भइरहेको छ ।

उता राजस्थानमा कांग्रेसभित्रको बबाल थामिने कुनै लक्षण छैन । अजय माकनले पार्टी इन्चार्जबाट राजीनामा दिएपछि सचिन पाइलट समूहका विधायक अधिक मुखर भइरहेका छन् ।

उनीहरु मान्ने वाला छैनन । उनीहरु भन्दैछन कि राहुल गान्धीको यात्रा राजस्थान पुग्नु अघि नै थाँती राखिएको नेता पदको निदान हुनु पर्दछ । उनीहरुको भनाईको अर्थ– कांग्रेसको केन्द्रले दुई पर्यवेक्षक पठाएर राजस्थानका एकएक विधायकको राय बुझोस कि मुख्यमन्त्री आशोक गहलोत कायमै रहनु पर्छ कि सचिन पाइलट हुनु पर्दछ ।

भलै कि हुनेवाला केही छैन । गहलोत समूह चुपचाप बसेको छ तर, उनले कुनै कच्चा खेल खेलेको मान्न सकिन्न । पर्यवेक्षक आयोस कि अरु कोही, त्यसलाई कसरी मिलाउनुपर्छ गोहलोतलाई राम्रोसँग थाहा छ ।

समस्या देखिएपछि पार्टी हाइकमानले जे गर्नु पर्ने हो, त्यो गर्नु पर्ने हो । तर, यहाँ त ढोल पिट्ने र पिटाउँने काम मात्रै भइरहेको छ। कांग्रेसीहरु अब आम जनताको समस्याका लगि सडकमा आउनुको साटो पार्टीभित्रको गुटीय समस्याका लागि सडकमा आउन बढी मन पराउने भएका छन्।

उता नयाँ पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गे पुराना प्रधानमन्त्री पीवी नरसिम्हा रावजस्तै मौन बसेका छन् । उनलाई लाग्दो हो मौन बस्नु नै सबैभन्दा ठूलो समाधान हो । समयले आफै हल निकाल्ने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved