आम चुनाव २०७९

केहि ठाउँमा बाक्लो हिमपातका कारण कर्मचारी पुग्न सकेनन्, हुम्लामा हेलिकप्टरको प्रयोग

 मुस्ताङका प्रहरी प्रमुख डीएसपी रविन्द्र पौडेलका अनुसार बाटोमा हिउँ जमेका कारण वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्ताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन कर्मचारी र सुरक्षाकर्मी पुग्न सकेका छैनन् । आज डोजर लगेर बाटो सफा गरी कर्मचारी पुर्याउने तयारी छ ।

नेपालभ्युज

केहि ठाउँमा बाक्लो हिमपातका कारण कर्मचारी पुग्न सकेनन्, हुम्लामा हेलिकप्टरको प्रयोग
फाइल तश्वीर

काठमाडौं। देशका केहि ठाउँमा बाक्लो हिमपात भएको छ । हुम्ला,मनाङ् र मुस्ताङ्का हिमाली क्षेत्रमा बाक्लो हिमपात भएका कारण मतदान गराउनको लागि हिँडेका कर्मचारी समस्यामा परेका छन् ।

मुस्ताङका प्रहरी प्रमुख डीएसपी रविन्द्र पौडेलका अनुसार बाटोमा हिउँ जमेका कारण वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्ताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन कर्मचारी र सुरक्षाकर्मी पुग्न सकेका छैनन् । आज डोजर लगेर बाटो सफा गरी कर्मचारी पुर्याउने तयारी छ ।

हुम्लाको नाम्खा गाउँपालिका–६ को लिमीका तीन वटै मतदान केन्द्रमा हेलिकप्टरबाट कर्मचारी र सुरक्षाकर्मी पुर्याइएको छ । निमित्त निर्वाचन अधिकृत श्यामबहादुर रानाका अनुसार लिमीका तीन वटा मतदान केन्द्रका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकप्टरबाट लगिएको हो । हिमपातका कारण समस्या आउन सक्ने भएकाले त्यसतर्फ जाँदा पूर्व तयारी अपनाउन मौसमविद्को सुझाव छ ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतपत्र र चुनाव सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झण्डै ३ लाख जनशक्ति खटिएको छ । देशभर एकैसाथ हुन लागेको चुनावमा कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् ।

उनीहरूले १० हजार ८ सय ९२ मतदान स्थलमा रहेका २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । त्यस्तै, १ सय ४१ अस्थायी मतदान केन्द्रबाट ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिकमा भोट खसाल्नेछन् । प्रतिनिधि सभाका लागि २ हजार ४ सय १२ र प्रदेश सभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved