प्रचण्डको अपिल: प्रतिगमनलाई परास्त र समृद्ध नेपाल निर्माण गर्न गठबन्धनलाई जिताउनुहोस् (भिडियोसहित)

एक भिडियो सन्देश जारी गर्दै प्रचण्डले प्रतिगमनलाई परास्त गर्न, भ्रष्टाचार अन्त्य गर्न र समृद्ध नेपालको यात्रामा अघि बढ्न प्रत्यक्षतर्फ देशैभरी गठबन्धनका उम्मेदवार र समानुतपातिकतर्फ गोलाकार घेराभित्रको हसियाँ हथौडामा मतदान गर्न अपिल गरेका हुन् ।

नेपालभ्युज

प्रचण्डको अपिल: प्रतिगमनलाई परास्त र समृद्ध नेपाल निर्माण गर्न गठबन्धनलाई जिताउनुहोस् (भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनलाई परास्त गर्नको लागि देशैभरी गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै प्रचण्डले प्रतिगमनलाई परास्त गर्न, भ्रष्टाचार अन्त्य गर्न र समृद्ध नेपालको यात्रामा अघि बढ्न प्रत्यक्षतर्फ देशैभरी गठबन्धनका उम्मेदवार र समानुतपातिकतर्फ गोलाकार घेराभित्रको हसियाँ हथौडामा मतदान गर्न अपिल गरेका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अग्रगामी र प्रतिगामीबीचको जनमत संग्रहका रुपमा हुन गइरहेको पनि प्रचण्डको दाबी छ ।

“हामीले व्यवस्था बदल्यौँ तर उत्पिडित जाती वर्ग, क्षेत्र, लिंग र समूदायकाका अधिकार कार्यान्वयन बाँकी छ । शिक्षा स्वास्थ र रोजगारीमा जनताको पहुँच पुर्‍याउनु छ । आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरेर समृद्द नेपाल बनाउने कार्यभार हाम्रो काँधमा छ ।  हामीलाई यहि अवस्थामा रुम्लिने छुट छैन । विकास न्याय र समृद्धिको यात्राको नेतृत्व प्रतिगामी शक्तिले गर्न सम्भव छैन । यसका लागि परिवर्तनकारी शक्तिले नै सरकारको नेतृत्व गर्न जरुरी छ ।” प्रचण्डले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved