मतदानस्थल वरपरका प्रचार सामग्री भोली मध्यरातसम्म हटाउन दलहरुलाई आयोगको आग्रह

नेपालभ्युज

मतदानस्थल वरपरका प्रचार सामग्री भोली मध्यरातसम्म हटाउन दलहरुलाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले मतदानस्थल वरपर राखिएका प्रचार सामग्री भोली विहीबार मध्यरातसम्म हटाइसक्न दलहरुलाई आग्रह गरेको छ । मतदानमा जाने मतदाता आकर्षित र प्रभावित नहुनको लागि र चुनावको स्वच्छताको लागि मतदानको दिन भन्दा ४८ घण्टा अघि नै प्रचार सामग्री हटाउनुपर्ने आयोगको कानुनी व्यवस्था रहेको छ ।

यस्तै, ४८ घण्टाअघिदेखि कुनै पनि उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न पाइने छैन । निर्वाचन आचारसंहिताअनुसार स्थिर समयमा सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ ।

निर्वाचन आयोगले भोलि मध्यरातपछिको अवधिलाई स्थिर समयका रुपमा व्याख्या गरेको छ । विगतमा यसलाई मौन अवधि भनिन्थ्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved