तनहुँ पुगेर प्रचण्डले भने, ‘रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने सम्भावना छ’

केपी ओलीलाई संसद विघटन गर्न र संविधान च्यात्नका लागि मत चाहिएको हो ?

चुनावी सभामा प्रचण्डले भने,  ‘रामचन्द्र जी को एउटा इच्छा छ देशको कार्यकारीमा पुग्ने । तपाईहरुले अत्यधिक मतले जिताउनुभयो भने त्यो सम्भावना बढ्छ । थोरै मतले सकिनसकी जिताउनु भयो भने गाह्रो पर्छ ।

नेपालभ्युज

तनहुँ पुगेर प्रचण्डले भने, ‘रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने सम्भावना छ’

तनहुँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि कांग्रेस नेता रामचन्द्र पौडेल प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । सोमबार तनहुँमा नेता पौडेलका लागि मत माग्दै प्रचण्डले यस्तो बताएका हुन् ।

डुम्रेमा आयोजित चुनावी सभामा प्रचण्डले भने,  ‘रामचन्द्र जी को एउटा इच्छा छ देशको कार्यकारीमा पुग्ने । तपाईहरुले अत्यधिक मतले जिताउनुभयो भने त्यो सम्भावना बढ्छ । थोरै मतले सकिनसकी जिताउनु भयो भने गाह्रो पर्छ । त्यसैले देशकै नेतृत्व लिने सम्भावना भएको नेतालाई धेरै मतान्तरले  जिताउनुहोला ।’

सभामा नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक देखिएका प्रचण्डले उनलाई चुनावमा मत माग्ने अधिकार समेत नभएको बताए । दुई तिहाईको संसद विघटन गरेकाले ओलीलाई फेरि जनतासँग मत माग्न राजनीतिक र नैतिक रुपमा नमिल्ने उनको तर्क थियो ।

प्रचण्डले प्रश्न गरे, ‘दुई तिहाइ मत ल्याउँदा पनि संसद विघटन गर्ने, संविधान च्यात्ने अनि अहिले के का लागि मत चाहियो भनेर माग्ने ? उनलाई राजनीतिक र नैतिक रुपमा जनतासँग भोट माग्ने अधिकार छैन ।’ यो चुनाव मुलुकलाई विकास र स्थिरता तिर लैजाने कि पछाडी फर्काउने जनमत संग्रह भएको प्रचण्डले दाबी गरे ।

आफूहरुको गठबन्धन मुलुकलाई अगाडी बढाउन भएको भन्दै उनले एमालेसहितको गठबन्धन भने निरंकुशतातिर लैजाने षडयन्त्र भएको आरोप लगाए । प्रचण्डले भने, ‘विकास र स्थिरताका लागि हाम्रो गठबन्धन बनेको हो, अर्कोतिर राजावादी, अलगाववादी र संविधान च्यातेर निरंकुशतामा फर्काउने शक्तिबीचको गठबन्धन छ । हामीलाई अत्यधिक मतले जिताएपछि बल्ल विकासतिर जान्छौं ।’

प्रचण्डले गोरखा, तनहुँ र लमजुङलाई जोडेर ठुलो आर्थिक राजधानी बनाउनुपर्ने समेत बताए ।  रामचन्द्र जी देशकै नेतृत्व लिनजाने खालको नेता । लमजुङ गोरखा र तनहुँलाई मिलाएर विकास बनाउने । ठुलो आर्थिक राजधानी बनाउने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved