बझाङमा भूकम्प

बझाङमा स्थानीयवासीलाई घर बाहिर बस्न प्रहरीको ‘माइकिङ’

पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो ।

नेपालभ्युज

बझाङमा स्थानीयवासीलाई घर बाहिर बस्न प्रहरीको ‘माइकिङ’
फाइल तश्वीर

बझाङ। खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ । पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो ।

“मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम भन्दै माइकिङ गरिरहेका छौँ”, उनले भने । उनका अनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका छन् ।

खप्तडछान्ना–५ मा पनि स्थानीय आगो ताप्दै बाहिर बसेका छन् । मङ्गलबारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीयवासी चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताए । जिल्ला सदरमुकाम चैनपुरवासी सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन् । घटनाबारे जानकारी आइसकेको छैन ।

दार्चुलासहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङकाे पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ म्याग्निच्युटकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे हाे ।

दार्चुलालगायत सुदूरपश्चिमका डाेटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएकाे छ । डाेटीमा भने भूकम्पकाे धक्का पछि स्थानीयकाे भागाभाग भएकाे थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved