धनगढीमा पार्टीका असन्तुष्ट नेता, कार्यकर्तालाई फकाउँदै प्रधानमन्त्री देउवा

नेपालभ्युज

धनगढीमा पार्टीका असन्तुष्ट नेता, कार्यकर्तालाई फकाउँदै प्रधानमन्त्री देउवा

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचार प्रसारका क्रममा अहिले सुदूरपश्चिममा छन् । कार्तिक १६ गते उनी धनगढी पुगेका थिए । डडेल्धुरामा चुनावी सभा सम्बोधन गरेर उनी फेरी धनगढीमा छन् ।

प्रधानमन्त्री देउवा धनगढीमा कार्यकर्ता भेटघाटमा व्यस्त छन् । देउवाले धनगढीस्थित आफ्नै निजी निवासमा कैलाली र धनगढीका नेता तथा कार्यकर्तालाई बोलाएर चुनाव केन्द्रित भेटघाट तथा छलफल गरिरहेको कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।

देउवाले उम्मेदवार चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकासँग पनि छलफल गरिरहेको सचिव सुनारले बताए । कैलालीका नेता, कार्यकर्तासँग देउवाले यहाँको चुनावी अवस्था र सम्भावित परिणामबारे समेत जानकारी लिइरहेका छन् ।

प्रधानमन्त्री देउवा अबको दुई दिन धनगढीमै बस्ने बताइएको छ । तर कुनै औपचारिक कार्यक्रम भने तय गरिएको छैन । कार्तिक २३ गते उनी गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न दार्चुला र बैतडी जाने कार्यक्रम छ । ति दुवै स्थानमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved