कैलाली-५ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने, नेताहरू मतदाता फकाउन घरदैलोमा ब्यस्त

नेपालभ्युज

कैलाली-५ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने, नेताहरू मतदाता फकाउन घरदैलोमा ब्यस्त

धनगढी। प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचन नजिकिएसँगै कैलाली क्षेत्र नं ५ मा पनि चुनावी रौनक बढेको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरू मतदाता फकाउन घरदैलो अभियानमा छन्।

सत्ता गठबन्धन, नेकपा एमाले तथा स्वतन्त्र उम्मेदवारहरू घरदैलो अभियानमा लागेपछि चुनावी रौनक बढेको हो। यहाँ त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजु देउवाले छोडेको क्षेत्र भएकाले पनि यहाँ कस्ले जित्छ भन्ने चाँसोको विषय बनेको छ।

२०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य बनेका नेपाली कांग्रेसका डिल्लीराज पन्त यस पटकको निर्वाचनमा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्। ०७४ को निवार्चनमा आरजुलाई पराजित गरेका नेकपा एमालेका नारदमुनी राना प्रतिनिधि सभाका उम्मेदवार बनेका छन्।

कांग्रेसबाट काबाहीमा परेका पुष्करनाथ ओझा पनि स्वतन्त्र उमेदवार बनेपछि यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिको छ। सत्ता गठबन्धनबाट प्रदेश सभा क तर्फ रमेश सिंह धामी र प्रदेश सभा ख बाट प्रकाश बहादुर देउवा उम्मेदवार छन्। प्रदेश ख मा नेपाली कांग्रेसका क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यस्तै एमालेबाट प्रदेश प्रदेश क मा नेपालु चौधरी र प्रदेश सभा ख मा दुर्गाप्रसाद जोशी उम्मेदवार छन्। उनीहरूले आ-आफ्नै जितको दाबी गरिरहेका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका पन्तले स्थानीयस्तरमा जनताका अप्ठ्यारा मुद्दाहरूलाई आफुनो चुनावी एजेण्डा बनाएको बताएका छन्।

उनले यो क्षेत्रमा डुवान कटान, तटबन्धन, पुल, सडक, खानेपानी, रोजगारी, मल बिउ बिजन तथा सेती प्रादेशिक अस्पतालको ब्यवस्थापन, गेटा मेडिकल कलेज सञ्चालन तथा गौरिफन्टा नाकाको स्तरोउन्तती र मल कारखाना बनाउने मुख्य एजेण्डा बनाएको बताए। जनताको मागका आधार यी नै मुख्य एजेण्डा भएको उनले बताए।

पाँच दलीय गठबन्धन भएकाले पनि अरू उम्मेदवारभन्दा आफू बलियो भएको उनले दाबी गरे। स्वतन्त्र व्यक्तीको उम्मेदवारसँग कुनै भूमिका र सरकारमा पहुँच नहुने भएकोले प्रतिस्पर्धा नहुँने उनको तर्क छ। उनले आफ्नो मुख्य प्रतिस्पर्धा एमालेसँग भए पनि बलियो गठबन्धन र कमजोर एमालेको अवस्थाका कारण जित निश्चित भएको दाबी गरे।

नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी राना आफूले जित्ने बलियो आधार भएको दाबी गर्छन्। एमालेले गरेका कामबाट जनता निकै उत्साहित भएकाले आफूले जित्ने उनको दाबी छ।

गठबन्धनबाट आजित भएका जनता महङ्गी र अन्यायको मारमा परेको बताउँदै उनले जनता पनि एमालेको पक्षमा रहेको दाबी गरे। स्वतन्त्र उम्मेदवार ओझा पनि आफूले जित्ने दाबी गरीरहेका छन्। धनगढीको आत्मसम्मानका लागि आफ्नो उम्मेदवारी भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved