संविधान कार्यान्वयन र आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई भोट दिनुहोस् : प्रकाशमान

नेपालभ्युज

संविधान कार्यान्वयन र आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई भोट दिनुहोस् : प्रकाशमान

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा काठमाडौं १ का उम्मेदवार प्रकाशमान सिंहले यसअघि सरकारमा रहेकाहरू संविधान मास्न मात्रै लागेको आरोप लगाएका छन्।

शनिबार चुनाव प्रचारका क्रममा उनले मंसिर ४ को चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोधसमेत गरे। ‘यसअघि सरकारमा रहेकाहरूलाई संविधान कार्यान्वयनको अवसर थियो तर, संविधान मास्न मात्रै लागिपरे, संविधानको कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिनु होला।’

उनले थप भने,‘संसद्को २ कार्यकाल संविधान लेखनमा गयो। बनाउन एक कार्यकाल संविधान जोगााउन लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्‍यो, संविधान अक्षरशः पालना गरेर स्थिरता र आर्थिक विकासका लागि गठबन्धनलाई मत आवश्यक छ।’

तीन तहले पूर्ण रूपमा काम गर्न नसक्दा संघीयताको महसुस हुन नसकेको उल्लेख गर्दै यसका लागि कांग्रेसलाई म्यान्डेट दिन समेत आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved