सन्दिप लामिछानेको मुद्दामा अदालतले माग्यो पीडितको जन्मदर्ताको अभिलेख

नेपालभ्युज

सन्दिप लामिछानेको मुद्दामा अदालतले माग्यो पीडितको जन्मदर्ताको अभिलेख

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नाबालिग बलात्कार अभियोग लागेका सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको कसूरमा किटानी जाहेरी दिने किशोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएको छ ।

लामिछानेको मुद्दाको थुनछेक बहसका क्रममा उनि पक्षका वकिलले जाहेरीकर्ता नाबालिग नभएको दाबी गर्दै उनको जन्ममितिमा विवाद भएको बताएका थिए ।

उनीहरुले किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको विवरण अदालतमा पेश गरेका थिए तर जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको कागजातमा किशोरीको जन्ममिति २०६२ जेठ १८ गते रहेको छ ।

थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ। ।

लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ गते प्रहरीमा जाहेरी परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved