देउवा र ओली सुदूरपश्चिममा, चुनावी सभामा केन्द्रित

मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावको प्रचारप्रसार गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम पुगेका छन्।

नेपालभ्युज

देउवा र ओली सुदूरपश्चिममा, चुनावी सभामा केन्द्रित

काठमाडौं। मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावको प्रचारप्रसार गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम पुगेका छन्।

उनीहरू आआफ्नो छुट्टाछुट्टै कार्यक्रमको लागि पुगेका हुन्। प्रदेश र प्रतिनिधि सभा सदस्यका उम्मेदवारको पक्षमा मत पार्न सत्ता गठबन्धन र एमालेका नेताहरू चुनावी सभामा छन्। सोही क्रममा देउवा र ओली पनि पुगेका हुन्।

प्रधानमन्त्री देउवा बुधबारदेखि सुदूरपश्चिममा रहेका छन्। एमाले अध्यक्ष ओली बिहीबार बेलुका सुदूरपश्चिम पुगेका हुन्। देउवाले बिहीबार आफ्नो गृह जिल्ला डडेलधुरा सदरमुकाममा चुनावी सभालाई सम्बोधन गरेका थिए। उनले आज पनि जिल्लाका दुई ठाउँमा चुनावी सभालाई सम्बोधन गर्दै छन्।
एमालेले शुक्रबारदेखि दार्चुलाबाट चुनावी सभाको सुरुआत गर्ने भएको छ। यस्तै, नेकपा एमालेका अध्यक्ष ओलीले शुक्रबार एकै दिन तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। एमाले अध्यक्ष ओलीले शुक्रबार दार्चुला, बैतडी र कञ्चनपुर पुगेर नेकपा एमालेका चुनावी सभालाई सम्बोधन गर्ने तय भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved