भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीलाई वैधानिकता दिने स्वतन्त्र पार्टीको घोषणा (घोषणापत्र सहित)

बिहीबार सार्वजनिक वाचा पत्रमा बैङ्क तथा बिमाको सुदृढ संयन्त्र अन्तर्गत देशभित्र र नेपाली नागरिकले खरिद गर्न नपाउने गरी डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) माइनिङ लाई वैधानिकता दिने उल्लेख गरेको छ।

नेपालभ्युज

भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीलाई वैधानिकता दिने स्वतन्त्र पार्टीको घोषणा (घोषणापत्र सहित)

काठमाडौं। नेपालमा सरकारले अवैध घोषित गरेको क्रिप्टोकरेन्सीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले वैधानिकता दिने उल्लेख गरेको छ। बिहीबार सार्वजनिक वाचा पत्रमा बैङ्क तथा बिमाको सुदृढ संयन्त्र अन्तर्गत देशभित्र र नेपाली नागरिकले खरिद गर्न नपाउने गरी डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) माइनिङ लाई वैधानिकता दिने उल्लेख गरेको छ।

नेपालमा विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा एजेन्सीहरू त्यसको कारोबारमा संलग्न रहेको भन्दै राष्ट्र बैंकले कारबाहीको चेतावनी दिएको छ। सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण गर्नेलाई कारबाही भइरहेको छ।
तर पूर्व पत्रकार रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरेको महत्त्वाकाङ्क्षी योजनासहितको घोषणा पत्रमा भने यसलाई फुकुवा गर्ने उल्लेख गरेको छ।

वाचा पत्रको पेज २६ मा यसबारे उल्लेख छ। पछिल्लो समय क्रिप्टोकरेन्सीको प्रयोग विश्वभर बढी रहेको छ । विश्वका विभिन्न राष्ट्रहरूले यसलाई वैधानिकता दिएका छन् र मुद्राको प्रयोग कारोबार को लागि भई रहेको छ।
क्रिप्टोकरेन्सी ब्लकचेन प्रविधिमा आधारित हुन्छ। क्रिप्टोकरेन्सीको कारोबार हुँदा उक्त कारोबारलाई सुपरिवेक्षण र कारोबारको नियमनका साथ कारोबारमा व्यवस्थापन गर्ने कार्य क्रिप्टोकरेन्सी माइनिङ हो र सो कार्य गरे बापत पुरस्कारको रूपमा क्रिप्टोकरेन्सी दिने गरिन्छ जसबाट आम्दानी गर्छन्।

पछिल्लो समय क्रिप्टोकरेन्सीको माइनिङका लागि स्थापना गरिएका केन्द्र हरूले माइनिङ गर्न छाडेका छन् र क्रिप्टोकरेन्सीको माइनिङमा धेरै विद्युत् प्रयोग हुने हुँदा यसको विकल्पको खोजी शुरु भएको छ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved