राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र : कुनै दलमा नलागेका स्वतन्त्र नागरिक राष्ट्रपति

पार्टीको सार्वजनिक गरेको घोषणापत्र (वाचा पत्र)मा कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशजको नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरिएको छ ।

नेपालभ्युज

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र : कुनै दलमा नलागेका स्वतन्त्र नागरिक राष्ट्रपति

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्र (वाचापत्र ) सार्वजनिक गरेको छ । पार्टीले आफ्नो घोषणापत्र (वाचापत्र ) मा कुनै पनि राजनीतिक दलमा नलागेका स्वतन्त्र नेपाली नागरिक राष्ट्रपति चुनिनुपर्ने उल्लेख गरेको छ ।

वाचापत्रमा जनउत्तरदायी प्रत्यक्ष जनसहभागितामूलक समावेशी लोकतन्त्रको माध्यमबाट व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारको सम्मानसहितको संवैधानिक समाजवादमा समेत जोड दिइएको छ ।

सोही दिशामा मुलुकलाई अघि बढाउने सो पार्टीले प्रतिबद्धता जनाएको छ ।

यो पार्टीले विधिको शासन, सामाजिक न्यायसहितको समानता, योग्यता र कर्मशीलता, राष्ट्र निर्माणमा समर्पणता, भ्रष्टाचारप्रति शून्य सहनशीलता, प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रता तथा मानवअधिकारको विषयमा पनि प्रतिबद्धता जनाएको छ ।

पार्टीको सार्वजनिक गरेको घोषणापत्र (वाचा पत्र)मा कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशजको नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved