नागरिकता समस्या ६ महिनाभित्र समाधान गर्ने एमालेको प्रतिबद्धता

‘नेपालीका लागि मात्रै नेपाली नागरिकता’ भन्ने नारा अगाडि सारेको एमालेले वंशजका आधारमा नागरिकता दिने क्रममा देखिएको समस्या एक महिनाभित्र समाधान गर्ने दाबी गरेको छ।

नेपालभ्युज

नागरिकता समस्या ६ महिनाभित्र समाधान गर्ने एमालेको प्रतिबद्धता
फाइल फोटो

काठमाडौं। नेकपा (एमाले)ले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्रै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा यस्तो दाबी गरेको हो।

नागरिकता सम्बन्धी विधेयक चुनावअघि संसद्को दुवै सदनले दुई पटक पारित गरेपछि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगर्दा निष्क्रिय बनेको छ। सो नागरिकता विद्ययकमा एमालेले विरोध जनाएको थियो।

अब  एमालेले आफ्नो सरकारले सो समस्या समाधान गर्ने दाबी गरेको छ। ‘नेपालीका लागि मात्रै नेपाली नागरिकता’ भन्ने नारा अगाडि सारेको एमालेले वंशजका आधारमा नागरिकता दिने क्रममा देखिएको समस्या एक महिनाभित्र समाधान गर्ने दाबी गरेको छ।

‘‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन्,’’ एमालेले भनेको छ, ‘‘सरकार गठन भएको एक महिनाभित्र वंशजको आधारमा नागरिकता दिने र छ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिनेछ । एक वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण हुनेछ।’’

चुनावी घोषणा पत्रमा २० वटा ग्यारेन्टी सार्वजनिक गरेको छ। जसमा २ नंबरमा नागरिकता विषय समेटिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved