एमालेका २० ग्यारेन्टी यस्ता छन्

आसन्न निर्वाचनका लागि सार्वजनिक चुनावी घोषणा पत्रमा ‘ट्वान्टी ग्यारेन्टी, पाँच वर्ष– एमालेले गर्छ’ भन्दै एमालेले २० आकर्षक नारा सार्वजनिक गरेकाे छ।

नेपालभ्युज

काठमाडौं। नेकपा (एमाले)ले चुनावी घोषणा पत्रमा २० वटा ग्यारेन्टी सार्वजनिक गरेको छ। आसन्न निर्वाचनका लागि सार्वजनिक चुनावी घोषणा पत्रमा ‘ट्वान्टी ग्यारेन्टी, पाँच वर्ष– एमालेले गर्छ’ भन्दै एमालेले २० आकर्षक नारा सार्वजनिक गरेकाे छ।

मंगलबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट घोषणा पत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा आफ्नो सरकार बनेमा गरिने दाबी गरिएको २० ग्यारेन्टी यस्ता छन्।

१,           पहिलो सेसन : समृद्धि अधिवेशन

२,          नेपालीलाई नागरिकता

३,           हंगर : नो लङ्गर

४,          उत्पादन स्वदेशी : बजार विदेशी

५,          सुरक्षित छाना : पुग्छ सबैको चाहना

६,           कमाइ : युवाको रोजाई

७,           पढाइ : भविष्यको जग बसाइ

८,           प्रेसर सुगर  :  भइन्न औषधि बेगर

९,          फ्री मिटर  : दश हजार लिटर

१०,          फ्री युनिट  :  ५० युनिट

११,           खेत बारीमा पानी   : खाडीमा हैन, स्वदेशमै जवानी

१२,          दिनदिनै सडक विस्तार  : विकासका पूर्वाधारको आधार

१३,          भूमिगत तार :  सहर बजार

१४,          नो लाइन   :  सेवा अनलाइन

१५,          ५ लाख रोजगार   :   न्यूनतम ज्याला २५ हजार

१६,           समृद्धिसँगको नाता  :  सबैको बैंक खाता

१७,          स्वस्थ महिनावारी :   १५ सय वर्षभरि

१८,            फाइभ जी सञ्चार : आइटीमा चमत्कार

१९,              हामी सामाजिक  : सभ्य नागरिक

२०,              हाम्रो अर्थ :  १०० खर्ब


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved