आलुभित्र लागु‌‌औषध भेटियो

नेपालभ्युज

आलुभित्र लागु‌‌औषध भेटियो
फाईल फोटो

धनगढी । कैलालीमा आलुको दानाभित्र लुकाएको अवस्थामा लागुऔषध भेटिएको छ । सोमबार जिल्लाको टिकापुर नगरपालिका वडा नं ९ स्थित नेपाल भारत सिमानाका खक्रौला चेक पोष्टमा लागु‌‌औषध भेटिएको हो ।

सो घटनामा  टिकापुर नगरपालिका वडा नम्बर १ खड्क चोक नजिक बस्ने देसलाल चौधरीका २५ वर्षीय छोरा सुरज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।  उनी भारतबाट नेपालतर्फ आउने बेला शंका लागेर प्रहरीले चेक जाँच गर्ने क्रममा लागुऔषध बरामद गरिएको हो।

उनले साईकलमा आलुको बोराभित्र आलुको दुई वटा दाना काटेर बिच भागमा लुकाएर लागुऔषध ल्याइरहेका थिए। उनको साथबाट २३ ग्राम ४१० मिलिग्राम लागुऔषध (खैरो हिरोईन) बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved