लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रोपटक निर्वाचित

नेपालभ्युज

लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रोपटक निर्वाचित

काठमाडौं। लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति चुनिएका छन्। निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै वामपन्थी नेता ७६ वर्षीय सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन्।

वामपन्थी वर्कर्स पार्टीका सिल्भा सन् २००३ र २०१० मा पनि राष्ट्रपति बनेका थिए। यसपटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो। सिल्भाले ५०.८३ प्रतिशत र बोल्सोनारोले ४९.१७ प्रतिशत मत प्राप्त गरेको सीएनएनले जनाएको छ।

पहिलो चरणको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि सबैभन्दा धेरै मत पाएका सिल्भा र बोल्सोनारोबीच आइतबार पुनः चुनाव भएको थियो। कोभिडकालमा बोल्सोनारो विवादित बनेका थिए। साथै देश भोकमरीको समस्या पनि देखा परेको थियो।

सिल्भाले आफ्ना विगतका उपलब्धि, बोल्सोनारोका विवादित कामको श्रृंखला र भोकमरी अन्त्य गर्ने विषयलाई प्रमुख एजेण्डा बनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved