युवा संघ विराटनगर अध्यक्ष लामाविरुद्ध पक्राउ पूर्जी जारी

नेपालभ्युज

युवा संघ विराटनगर अध्यक्ष लामाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं। दुई जना औषधि व्यवसायीलाई अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा मिटर ब्याजी एवं एमालेको युवा संघ विराटनगरका अध्यक्ष किरण लामाविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ।

लामाले विराटनगर-८ का औषधी व्यवसायी नवल यादव र अभिषेक साहलाई शुक्रबार अपहरण गरी दिनभरी बन्धक बनाएको प्रहरीको भनाइ छ।

लामाले साह र यादवलाई गत असार २९ मा ५ लाख रुपैयाँ ऋण दिएका थिए। उनीहरूले पटकपटक गरेर १३ लाख रुपैयाँ बुझाए पनि लामाले अझै २५ लाख रकम तिर्न बाँकी रहेको भन्दै धम्की दिँदै आएको खुलेको मोरङ प्रहरीको अपराध अनुसन्धान ब्युरोका डीएसपी टीका कार्कीले बताए।

साह र यादवले थप रकम तिर्न बाँकी नरहेको भने पनि लामाले २५ लाख रुपैयाँ लिन रहेको भन्दै आफ्नै घरमा बोलाएर दिनभरी बन्धक बनाएको पाइएको कार्कीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved