गठबन्धनमा सबैको पालो आउँछ, शंका पैदा नगरौँ : प्रधानमन्त्री देउवा

 ‘कुनै पार्टीको बहुमत नआउने भएकाले पार्टीहरू मिल्नुपरेको हो । गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौँ ।’

नेपालभ्युज

गठबन्धनमा सबैको पालो आउँछ, शंका पैदा नगरौँ : प्रधानमन्त्री देउवा

पाेखरा । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा मतभिन्नता नल्याउन आग्रह गरेका छन् । शुक्रबार पोखरामा आयोजित गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कुनै पार्टीको बहुमत नआउने भएकाले पार्टीहरू मिल्नुपरेको हो । गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौँ,’ उनले भने ।

प्रधानमन्त्री बनाएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले गठबन्धन कायम राखिरहे सबैको पालो आउने बताए । ‘हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला,’ प्रधानमन्त्री देउवाले भने, ‘सबै पार्टीमा त्यस्तै छ । सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् । त्यो भएर कोही नअत्तालिउँ । सबै ठिक हुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved