नवौं राष्ट्रिय खेलकुद : आर्मीकी जयरानी थारूलाई चौथो स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : आर्मीकी जयरानी थारूलाई चौथो स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदमा जयरानी थारूले चौथो स्वर्ण पदक जितेकी छिन् । बुधवार भएको ४०० मिटर रिलेमा आर्मीकी जयरानीले स्वर्ण जित्न सफल भएकी हुन् ।

जयरानीले अहिलेसम्म सहभागिता जनाएका सबै इभेन्टमा स्वर्ण जितेकी छन् । बुधवार महिला रिलेमा जयरानीसहित निर्मला थापा, रमिता थारू र सरस्वती चौधरीको समूहले आर्मीका लागि ४९.६० सेकेन्ड समय निकालेर स्वर्ण जित्यो ।

यसअघि, जयरानीले ४०० मिटर हर्डल्स, १०० मिटर हर्डल्स र लङ्जम्पमा कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

४०० मिटर रिलेमा गण्डकी प्रदेशले रजत र बागमति प्रदेशले कांस्य जितेका छन् ।

यो इभेन्टमा पुरुषतर्फ एपीएफका शिवराज पार्की, चन्द्रबहादुर पुलामी, नीरप्रताप महतो र आशिष चौधरीको समूहले स्वर्ण जित्यो । एपीएफका खेलाडीले ४२.४४ सेकेन्डमा दौड पुरा गरेका थिए । आर्मीले रजत र लुम्बिनीले कांस्य जित्यो ।

यो पनि पढ्नुहोस्

नवौं राष्ट्रिय खेलकुद : ट्रायथोलनमा आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद : ज्याभ्लिन थ्रोमा आर्मीलाई स्वर्ण

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved