नवौं राष्ट्रिय खेलकुद : ट्रायथोलनमा आर्मीलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : ट्रायथोलनमा आर्मीलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स ट्रायथोलनमा नेपाल आर्मीले स्वर्ण जितेको छ । बुधबार भएको खेलमा नेपाल आर्मीका लागि महिलामा सोनी गुरुङ र पुरुषतर्फ वसन्त थारूले स्वर्ण जितेका हुन् ।

पुरुषतर्फ लिस्प्रिन्ट विधामा वसन्तले २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्न सफल भए ।

दीपेश चौधरीले आर्मीका लागि सो दूरी १ घण्टा १० मिनेट ०५ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । एपीएफका मौलिक महर्जनले भने कांस्य जिते । उनले सो दूरी १ घण्टा १५ मिनेट ५६ सेकेण्डमा पूरा गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved