थरुरलाई पराजित गर्दै भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा खड्गे निर्वाचित

नेपालभ्युज

थरुरलाई पराजित गर्दै भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा खड्गे निर्वाचित

काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसको छैटौं पटकको चुनावमा अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । प्रदेशबाट चुनिएर आएका प्रतिनिधिहरूले गरेको  मतदानमा उनले  शशी थरुरलाई ७ हजार ८९७ मतले  हराएका हुन् । निर्वाचनमा कुल ९ हजार ३८५ मत खसेको थियो ।

गान्धी परिवारकै निकट मानिएका खड्गे पछिल्लो २ दशकमा भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गर्ने गान्धी परिवारभन्दा बाहिर रहेका थिए । खड्गेले अब अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई प्रतिस्थापन गर्नेछन् ।

सन् २०१९ को लोकसभा चुनावमा पराजय भोगेपछि सोनियाका छोरा राहुल गान्धीले राजीनामा गरेका थिए । त्यसपछि सोनिया अन्तरिम अध्यक्ष बनेकी थिइन् ।

अध्यक्षमा पराजित थरुरले भने नतिजा आउनुअघि नै धाँधलीको आरोप लगाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved