थरुरलाई हराउँदै भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा खड्गे विजयी

नेपालभ्युज

थरुरलाई हराउँदै भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा खड्गे विजयी

काठमाडौं ।  भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । नेता शशी थरुरलाई हराउँदै खड्गे गान्धी परिवार बाहिरबाट दोस्रो अध्यक्ष बनेका हुन् ।

कुल ९ हजार ३८५ मतमध्ये खड्गेले ७ हजार ८९७ मत प्राप्त गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । थरुरले १ हजार ७२ मात्रै मत पाए । खड्गे अन्तरिम अध्यक्ष सोनिया गान्धीको स्थान लिनेछन् । उनी २०१९ को लोकसभा चुनाव पछि राहुल गान्धीले राजीनामा गरेदेखि नै पदमा छिन् ।

खड्गेलाई बधाई दिँदै थरूरले ट्वीट गर्दै कार्य सफलताको कामना गरेका छन् । मतगणनाको पूर्वसन्ध्यामा, थरुर समूहले चुनावको क्रममा केही अनियमितता भएको आरोप लगाउँदै निर्वाचन समितिमा गुनासो गरेको थियो । खड्गेलाई गान्धी परिवारको समर्थन रहेको मानिएको थियो ।

झण्डै १३७ वर्ष पुरानो इतिहास बोकेको भारतीय कांग्रेसमा अध्यक्षका लागि छैटौं पटक चुनाव भएको हो । सोमबार भएको मतदानको परिणाम बिहीबार घोषणा गरिएको हो ।

 

यो पनि पढ्नुहोस:

भारतीय कांग्रेसको अध्यक्षका लागि चुनाव हुँदै, यस्तो छ खड्गे र थरुरको विगत

भारतीय कांग्रेसको नेतृत्वबाट गान्धी परिवार बाहिरिने निश्चित, खड्गे र थरुरबीच प्रतिस्पर्धा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved